पीएसजी पहिलोपटक च्याम्पयन्स लिगको फाइनलमा-Sutra News

पीएसजी पहिलोपटक च्याम्पयन्स लिगको फाइनलमा

बुधबार, ३ भाद्र २०७७

बुधबार, ३ भाद्र २०७७

काठमाडौं–लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) पहिलोपटक च्याम्पयन्स लिगको फाइनलमा प्रवेश गरेको छ। बुधबार बिहान भएको खेलमा आरबी लाइप्जिगलाई ३-० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो।



लिसवनमा भएको पहिलो सेमिफाइनल खेलमा पीएसजीले राम्रो नतिजासहित जीत निकाल्यो।पीएसजीको जीतमा माक्युनहोस,एन्जल डि मारिया र जउन बर्नेटले समान एक एक गोल गरेका थिए।

खेलको १३ औं मिनेटमा मार्क्युनहोसले, ४२ मिनेटमा डि मारियाले गोल गर्दै पहिलो हाफमा २-० गोलको अग्रता दिलाएका थिए। २–० को नतिजासहित दोस्रो हाफमा मैदान उत्रिएको पीएसजीका लागि जउन बर्नेटले ५६ मिनेटमा गोल गर्दै टीमलाई जीत दिलाएका हुन्।

यसबीचमा लाइपजिगले गोल फर्काउने अवसर प्राप्त गरे पनि पीएसजीको रक्षापङ्ती बलियो भएपछि गोल गर्न सकेन।अब फाइनलमा बिहीबार बिहान बार्यन म्युनिख र लियोनबीचको विजेतासँग पीएसजीले उपाधिका लागि भिड्नेछ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट