इन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश-Sutra News

इन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश

मंगलबार, २ भाद्र २०७७

मंगलबार, २ भाद्र २०७७

एजेन्सी–इटालियन क्लव इन्टर मिलान युरोपा लिगको फाइनलमा पुगेको छ।आइतबार राति भएको खेलमा युक्रेनी क्लब शख्तर डोनेस्कलाई ५–० गोल अन्तरले हराउँदै इन्टर फाइनलमा प्रवेश गरेको हो। इन्टरको जितमा लौटारो मार्टिनेज र रोमेलु लुकाकुले २/२ गोल गरे भने ड्यानिलो डी आम्ब्रोसियोले थप एक गोल गरे।



खेलमा अग्रता इन्टरले मार्टिनेजको गोलमा १९औं मिनेटमा लिएको थियो। ड्यानिलोले ६४औँ मिनेटमा इन्टरको अग्रता दोब्बर बनाए। मार्टिनेजले त्यसको १० मिनेटपछि ७४औँ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३–०ले अघि बढा। खेलको ७८औं र ८३औं मिनेटमा दुई गोल गर्दै लुकाकुले इन्टरलाई ५० को जित सुनिश्चित गरे। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट