सन्यासपछि भारतीय क्रिकेटमा महेन्द्रसिंह धोनीको सम्झना-Sutra News

सन्यासपछि भारतीय क्रिकेटमा महेन्द्रसिंह धोनीको सम्झना

आइतबार, ३२ साउन २०७७

आइतबार, ३२ साउन २०७७

काठमाडौं- अचानक क्रिकेट खेलबाट भारतीय खेलाडी महेन्द्रसिंह धोनीले दिएको सन्यासको अनिश्चिततालाई केही समयपछि भुलिनेछ। तर, उनले वर्षौंदेखि क्रिकेट खेलमा देखाएको निश्चितता र गर्वको प्रस्तुतीलाई वर्षौंसम्म पनि सम्झिइनेछ।



के उनले यसअघि नै सन्यास दिनुपर्थ्यो? यसले अर्थ राख्दैन। आफ्नो करिअरलाई आगामी दिनमा सजिलैसँग अगाडि बढाउन चाहने र ठूलो ‘सफलता’ हासिल गर्न चाहनेहरुको लागि मैदानबाट आफूले बिदा लिनुपर्ने कुनै पनि बाध्यता थिएन धोनीलाई।

धोनीले अत्यधिक रुचाउने आइपीएल अझै खेल्नसक्ने सम्भावना छ। आफूलाई मनपर्ने प्रतियोगितामा उनले फेरि खेल्न सक्छन् आफूलाई मनपर्ने टिमबाट। जसको बदलामा फेरि उनले आफ्नो प्रसंशकबाट प्रेम पाउनेछन्।

एक व्यक्ति जसले ९० टेस्ट खेल, ३ सय ५० एक दिवसीय खेल र ९८ वटा टी-२० खेल खेलेको छ, उसलाई जसले पनि सम्झिनेछन्। योसँगै भारतीय क्रिकेट इतिहासकै सबैभन्दा सफल कप्तान जसले भारतलाई विश्वकै क्रिकेटमा २८ वर्षपछि पहिलो नम्बरमा ल्याए (२०११), उनलाई जरुर याद गरिनेछ।

क्रिकेटमा उनी निकै महान हुन, जसको नाममा ८४ वटा अपराजित एक दिवसीय खेलका पारीहरु छन्, जसमा समग्रमा ५० रनभन्दा बढी उनको नाममा छ । अष्ट्रलियन क्रिकेट टिमका कप्तान रिकी पोन्टिङले मात्रै आफ्नो टिमलाई योभन्दा बढी जीत दिलाएका छन्। धोनीले विश्वका अन्य देशका क्रिकेट टिमका कप्तानको भन्दा धेरै टी-२० अन्तर्राष्ट्रिय खेलहरु भारतलाई जिताएका छन्।

उनले भारतलाई अधिकांश टेष्ट खेलमा प्रतिनिधित्व गरेका थिए, जसलाई भर्खरै भारतीय क्रिकेट टिमका नयाँ कप्तान विराट कोहलीले उछिनेका छन्।

धोनीको सन्यासले भारतीय क्रिकेटको तथ्यांकको आधारमा मात्रै फरक पार्दैन। धोनीले भारतीय क्रिकेट राँचीबाट प्रवेश गरेका थिए, जुन क्षेत्र भारतीय क्रिकेटको ‘ब्याकवाटर’ थियो। भारतीय क्रिकेटका पूर्व अधिकारी शौरभ गांगुलीले सुरु गरेको कामलाई निरन्तरता दिइएको थियो। उनको कामले नै भारतीय क्रिकेटमा अपरिचित ठाउँहरुबाट अन्तर्राष्ट्रियस्तरका खेलाडीहरुको पहिचान भएको थियो। धोनी तिनैमध्ये एक थिए।

कप्तानको रुपमा धोनीको प्रवेश भारतीय क्रिकेटमा आएको परिवर्तनसँगै भएको थियो। भारतीय क्रिकेटमा सुरुवातमा मुख्य गरी महाराजा र नवावजस्ता कुलिन वर्गले प्रतिनिधिव गरेका थिए। त्यसपछि मध्यमस्तरका परिवार (बैंकर्सजस्ता आर्थिकरुपमा समृद्ध)बाट आएका खेलाडीहरुले प्रतिनिधित्व गरे। अनि, पालो आएको थियो साना शहरले प्रतिनिधित्व गर्ने। धोनी तेस्रोमा थिए। उनले भारतीय क्रिकेटको कप्तानी सम्हालेको प्रसंगले भारतीय समाजमा भएको परिवर्तनलाई पनि प्रतिबिम्बित गर्छ।

भारतीय क्रिकेटका अर्का महत्वपूर्ण खेलाडी सचिन तेन्दुलकरले आफ्नो टेष्ट क्रिकेटमा प्रवेश गर्दा धोनी आठ वर्षकामात्रै थिए। पछि धोनीले उनलाई उछिनेपछि तेन्दुलकरले धोनीबारे बोल्दै भनेका थिए, ‘धोनीले आफूलाई सम्हालेको देख्दा म निकै अच्चमित छु।’

अग्रजले धोनीलाई सजिल्यै स्वीकारेका थिए। कारण थियो, उनमा देखिएको सम्भावना र उनको खेल। धोनीले प्रायः आफ्ना अग्रजहरुबाटै सिके। आफूले १९ खेलसँगै खेलेका राहुल द्रभिडदेखि सँगै १० खेल खेलेका अनिल कुमब्लेबाट उनले सिकेका थिए। दुवै खेलाडीहरु भारतको दक्षिणी प्रान्तबाट आएका थिए।

उनीहरुबाटै धोनीले खेलको कप्तानी सम्हाल्दा चाहिने व्यवथापकीय पक्ष, खेलका चाहिने क्षमता उनमा थियो। एकपटक धोनीले भनेका छन्, ‘मलाई समूह चाहिनछ। यस्तो समूह जुन आधुनिक हतियार वा जेसुकै अगाडि उभिन सकोस।’ उनले भनेजस्तै धोनीले यस्तै टिम बनाएका थिए।

१५ वर्षको करिअरमा धोनीले कूल ५ सय ३८ अन्तर्राष्ट्रिय खेल खेले, जसमा उनले १७ हजार रन बनाएका थिए। ६ सय ३४ क्याच र १ सय ९५ स्टमिङ दिएका थिए।

भारतीय क्रिकेटको इतिहासमा यति धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने पाँच जना खेलाडीहरुमध्ये एकमात्रै विकेटकिपर रहेका छन्, एकले मात्रै यति धेरै खेलहरुमा टिमलाई प्रतिनिधित्व गरेका छन्। ती एक अरु कोही नभएर महेन्द्र सिंह धोनी हुन्। धोनीको सन्याससँगै भारतीय क्रिकेटमा पनि परिवर्तन आउने अनुमान गरिएको छ।

(बिबिसी हिन्दीमा प्रकाशित सामग्रीको भावानुवाद)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट