नेपाल र साउदी अरबको खेल ८ ओभरमा हुने-Sutra News

नेपाल र साउदी अरबको खेल ८ ओभरमा हुने

बुधबार, ५ बैशाख २०८१

बुधबार, ५ बैशाख २०८१

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबको खेल ८ ओभरको हुने भएको छ । मंगलबार रातिको वर्षाले सयममा नै खेल हुन नसक्दा ओभर कम गरेको हो ।



अब खेल दिउँसो २ः१५ मा सुरु हुनेछ । नेपाल समूह ‘ए’बाट तीन खेल खेल्दै ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ ।

साउदी अरब तीन खेलमा २ हार र एक जितसहित २ अंकसाथ तेस्रो स्थानमा छ । नेपाललाई हराउन सके ४ अंकसाथ सेमिफाइनल खेल्ने साउदीको सम्भावना कायमै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट