इलाम २ मा एमालेका सुहाङ भारी मतले विजयी-Sutra News

इलाम २ मा एमालेका सुहाङ भारी मतले विजयी

मंगलबार, १८ बैशाख २०८१

मंगलबार, १८ बैशाख २०८१

काठमाडौं । इलाम २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ भारी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पाँच हजार ८३० मत पछि पार्दै विजयी भए ।



अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । उनले डम्बरलाई १४० मतले पछि पारेका थिए । उनको गत वर्ष भदौमा निधन भएपछि यो क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो ।

नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी हुँदा कांग्रेसका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे ।

निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार मिलन लिम्बुले पाँच हजार ५० मत पाए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट