समितिले भन्यो- दुर्गा प्रसाईको हतियार लाइसेन्स लिएर राख्न पाउँदैन-Sutra News

समितिले भन्यो- दुर्गा प्रसाईको हतियार लाइसेन्स लिएर राख्न पाउँदैन

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईको हतियार लाइसेन्स लिएर पनि राख्न नमिल्ने भएको छ । छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाउँदै नमिल्ने जनाएको हो ।



समितिका संयोजक सहसचिव राजेन्द्रदेव पाण्डेले सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा व्यक्तिगत रुपमा हतियारको इजाजत प्राप्त गर्ने मापदण्ड, कानूनमा गर्नु पर्ने सुधार, अभिलेख व्यवस्थापनका लागि गर्नु पर्ने कार्य, घटनामा संलग्न व्यक्तिलाई गर्नु पर्ने कारबाहीलगायत विषयमा सुझावसँगै सिफारिस गरिएको छ ।

गत चैत्र ५ गते सर्वोच्च अदालतको गेटबाट हतियारसहित प्रसाईका दुई जना बडीगार्ड पक्राउ परेका थिए । पक्राउ पर्नेमा रामकुमार धिमाल र दीपक खड्का थिए । उनीहरु पक्राउ परेसँगै गृह मन्त्रालयले सहसचिव पाण्डेको संयोजकत्वमा समिति बनाएको थियो ।

सर्वोच्च अदालत परिसरमा फेला परेको हतियार कानूनले तोकेअनुसार इजाजत दिन मिल्ने खालको नदेखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट