२४ घण्टाभित्र सीधा कुरामा प्रकाशित समाचार हटाउन सर्वोच्चको निर्देशन-Sutra News

२४ घण्टाभित्र सीधा कुरामा प्रकाशित समाचार हटाउन सर्वोच्चको निर्देशन

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१
adalat

काठमाडौं । सर्वोच्च अदालतले ‘स्टिङ अपरेसन’को नाममा समाचार प्रकाशन गर्ने सीधा कुरा डटकमलाई २४ घण्टाभित्र समाचार हटाउन आदेश दिएको छ ।



सीधा कुराले ‘स्टिङ अपरेशन’ भन्दै मुद्दा हराउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको मिलेमतो रहेको दाबीसहित समाचारको शृङ्खला प्रकाशन गरेको थियो ।

सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सीधा कुराको समाचार र युट्युबमा राखेको भिडिओ हटाउन आदेश दिएको हो ।

गत शुक्रबार सीधाकुराले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रंगेहात घुससम्बन्धी मुद्दा प्रभावित पार्न प्रधानन्यायाधीश, एक न्यायाधीश र केही मिडिया सञ्चालक संलग्न भएको दाबीसहित समाचार प्रकाशन गरेको थियो ।

समाचारको दाबीअनुसार चार सयभन्दा बढी भ्रष्टाचारका मुद्दा ढिसमिस बनाउन सर्वोच्चका न्यायाधीशसमेत बसेर छलफल गरेको जनाएको छ । उक्त समाचार र त्यससँग सम्बन्धित युट्युबमा प्रकाशित अडियो भिडियो सामग्रीले न्याय सम्पादनमा अवरोध गरेको भन्दै सर्वोच्चका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै प्रतिवेदन पेश गरेका थिए ।

उनले प्रतिवेदनमार्फत सीधा कुराका प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगानासहित यो काममा संलग्नमाथि कारवाही हुनु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट