इलाम–२ को प्रारम्भिक मतगणनामा सुहाङको अग्रता-Sutra News

इलाम–२ को प्रारम्भिक मतगणनामा सुहाङको अग्रता

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम(२ मा भएको उपनिर्वाचनको मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक हुन थालेको छ । प्रारम्भिक परिणाममा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् ।



२३१ मत गन्दा ८० मतसहित एमाले उम्मेदवार नेम्वाङले अग्रता लिएका हुन् ।

नेम्वाङले अग्रता लिँदा स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमको पक्षमा ६७ मत खसेको छ । यस्तै, कांग्रेसका डम्मर खड्काले ५२ मत पाएका छन् ।
रास्वपाका मिलन लिम्बुले भने ३२ मत पाएका छन् ।

अहिले पहिलो चरणमा फाकफोकथुम गाउँपालिकाको मतगणना चलिरहेको छ । जहाँ नौ हजार ६०४ मतदाता छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट