इलाम २ मा सुहाङ थप बलियो बन्दै, कस्को मत कति ?-Sutra News

इलाम २ मा सुहाङ थप बलियो बन्दै, कस्को मत कति ?

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

काठमाडौं । इलाम–२ को उपनिर्वाचनको मतगणना जारी छ । जारी मत परिणामअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।



नेम्वाङले १६ हजार ९४४ मत ल्याउँदा कांग्रेसका डम्बर खड्काले ११ हजार २७३ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ९ हजार ४४ मत पाएका छन् ।

रास्वपा उम्मेदवार मिलन लिम्बुले हालसम्म २ हजार ८०३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट