काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई संसद बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।
बिहीबारका लागि बोलाइएको संसद बैठकमा अनिवार्य उपस्थित हुन भन्दै कांग्रेसले आफ्ना सांसदहरूलाई म्यासेज पठाएको हो ।
गत १ जेठमा संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रतिपक्षी दल कांग्रेसले राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित गर्न दिएको थिएन ।
कांग्रेसको अवरोधका कारणले नीति तथा कार्यक्रमबाहेक सबै कार्यसूचीमा संसद बैठक प्रवेश गर्न पाएको छैन । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।