नीतिको पहिलो फिल्म नै ‘फ्लप’को संघारमा !-Sutra News

नीतिको पहिलो फिल्म नै ‘फ्लप’को संघारमा !

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

काठमाडौं । आगामी वैशाखको २८ गतेबाट प्रदर्शनमा आउन लागेको ‘खुजरे ब्रो’मार्फत मोडल तथा सन् २०१७ की मिसन इन्टरनेशनल नीति शाहले फिल्म क्षेत्रमा डेब्यु गर्दै छिन् ।



धरानका चर्चित व्यक्ति खजुरे ब्रोको नाम र उही पात्रलाई माध्यम बनाएर यो फिल्म बनेको हो । धरान शहर क्षेत्र आसपास हिँड्ने यी पात्रको केही वर्षअगाडि निधन भइसकेको छ ।

उनी कस्ता थिए ? भनेर हेर्न युट्युबमा भिडियो देख्न सकिन्छ । धरानमा मानिसका लागि मनोरञ्जनको पात्र बनेका ती व्यक्ति त्यो अवस्थामा आइपुग्नुका पछाडि र जीवनको पछिल्लो समयमा दुःखान्त कहानी कस्तो रहेको थियो ? भन्ने कथावस्तु फिल्मभित्र देख्न पाइने छ ।

‘खजुरे ब्रो’मा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नवीन मानन्धर, प्रकाश भुजेल, विनिता थापा मगर, सुष्मा निरौलालगायत कलाकारको मुख्य भूमिका छ । तर, यो फिल्म नीतिका कारण चर्चामा छ । नीतिले यसबाट डेब्यु गर्ने अवसर पाएका कारण खजुरे ब्रोको चर्चा भएको थियो ।

फिल्म क्षेत्रका लागि प्रयासरत नीतिले यसअघि अन्य फिल्ममा अनुबन्धित भए पनि अभिनय गर्ने अवसर पाएकी थिइनन् । फिल्ममा अनुबन्धित भएसँगै निकै चर्चा भयो । नीतिले अभिनय गर्ने कुराले फिल्मको हाइप निकै बढाइदिइन् । यो फिल्मले आजसम्म जति हाइप पाएको छ, त्यो उनकै कारणले मात्र पाएको हो ।

केही समयअघि फिल्मको गीत र ट्रेलर पत्रकार सम्मेलन गरी सर्वाजनिक गरिएको थियो । तर, नीतिको पहिलो फिल्म भनेर जुन तरिकाको प्रचार हुनु पर्ने थियो, त्यो हुन सकेन । निर्माण पक्षबाट अहिलेसम्म सार्वजनिक गराइएका सामाग्रीमा नीतिले गतिलो स्थान पाएकी छैनन् ।

यो फिल्म सुरूवाती दिनमा चर्चा भए पनि प्रदर्शन मिति नजिकिँदै जाँदा हराए जस्तै देखिन पुगेको छ । यस्तै हुने हो भने फिल्म आएर गएको दर्शकले पत्तो नपाउन सक्छन् । जुन फिल्म फल्प हुनु प्रमुख कारण हो ।

फिल्मको टिजर, गीत र ट्रेलरका सामाग्रीले पाँच लाख भ्यूज पाउन सकेका छैनन् । यस हिसाबले फिल्मका टिजर, गीत र ट्रेलरप्रति दर्शकको चासो देखिँदैन ।

फिल्ममा नीति भित्रिएसँगै जसरी चर्चा भयो, त्यो तरिकाले निर्माण टिमले प्रचार गर्न सकेको देखिँदैन । मुख्य कुरा फिल्मीले नीतिको नामलाई बिकाउन नसकेको देखिन्छ ।

हिजो सार्वजनिक भएको ट्रेलरमा नीतिको तीन वटा झलक र एउटा मात्र संवाद छ । यसको अर्थ फिल्ममा उनी केन्द्रीय भूमिकामा रहे पनि सानो रोलमा नै खुम्च्याएको देख्न सकिन्छ । यस हिसाबले फिल्मले भने जस्तो सफलता नपाउने प्रष्ट देखिन्छ ।

फिल्म बनाउनभन्दा चलाउन कठिन हुन्छ । पछिल्लो समय जति प्रचार प्रसार भयो त्यति फिल्मप्रति दर्शले चाँसो देखाउँछन् । त्यतिमात्र हैन कतिपय फिल्म हलले प्रचार प्रसार नभएकाले सोचेअनुरूप शोज नदिएका उदाहरण छन् ।

फिल्म खजुरे ब्रो जसका कारण चचार्मा आउनु र सार्वजनिक गरिएका प्रचार सामाग्रीमा उसैलाई ‘सो–पिस’ बनाउनुले निर्माण पक्ष प्रचार प्रसारमा चुकेको देखिन्छ । जसले गर्दा कतै नीतिको पहिलो फिल्म नै फल्प हुने हैन भन्नेमा अशंका देखिन्छ ।

यस फिल्मलाई सुरज सुनुवारको निर्देशन गरेका छन् । निर्देशक स्वयमकै लेखन रहेको छ । यस फिल्मको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट