काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि नयाँ रेकर्ड बनाएको छ । बिहीबार सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँ बढेसँगै नयाँ रेकर्ड बनेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४० हजार रुपैयाँ कायम भएको छ । यसअघि एक लाख ३९ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो ।
यस्तै, तेजाबी सुन एक लाख ३९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।बुधबार तेजाबी सुन एक लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको मूल्य एक हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन एक हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो ।