विश्वासको मत लिन लागेका सोडारीलाई रेशम पक्षीय सांसदको अवरोध-Sutra News

विश्वासको मत लिन लागेका सोडारीलाई रेशम पक्षीय सांसदको अवरोध

बिहिबार, ३ जेष्ठ २०८१

बिहिबार, ३ जेष्ठ २०८१

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनको लागि बोलाइएको प्रदेश सभा बैठक नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षीय सांसदको अवरोधका कारण स्थगित भएको छ ।



बैठक सुरु भएलगत्तै चौधरी पक्षीय सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गरेका थिए ।

चौधरी पक्षीय सांसदहरुले रोष्टम घेरेपछि सभामुख भिम भण्डारीले आधा घण्टाको लागि बैठक स्थगित गरेका छन् ।

चौधरी पक्षले प्रदेश सरकार गठनमा प्रदेश प्रमुख नजिर मियाले असंवैधानिक कदम चालेको र सभामुख भण्डारीले आफू पक्षीय समानुपातिक तर्फकी सांसद इन्दिरा गिरीमाथि संविधानविपरित कारबाही गरेको आरोप लगाएको छ ।

यसअघि सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको दुई वटा बैठक सत्ता पक्षीय दलहरुबीच नै सहमति नबनेपछि स्थगित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट