बागमती प्रदेशसभा सचिवालयले बोलायो सर्वदलीय बैठक-Sutra News

बागमती प्रदेशसभा सचिवालयले बोलायो सर्वदलीय बैठक

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

काठमाडौं । बागमती प्रदेशसभा सचिवालयले वैशाख २१ गते दिउँसो १ बजे सर्वदलीय बैठक आह्वान गरेको छ ।



बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठकमा प्रदेशसभामा रहेको विभिन्न पाँच वटा समितिको अध्यक्षको निर्वाचन र आगामी आर्थिक वर्ष २०८१–८२ का लागि बजेट छलफल गर्ने क्रममा अधिवेशन आह्वान विषयमा छलफल हुने जानकारी दिए ।

संसद्मा रहेका संसदीय दलका नेता र प्रमुख सचेतकलाई उक्त बैठकमा सहभागी हुन आफूले सूचना प्रवाह गरिसकेको उनले बताए । उनले संसदको आगामी अधिवेशनका विषयमा पनि उक्त सर्वदलीय बैठकमा छलफल हुने जानकारी दिए ।

प्रदेशसभाको गत चैत १९ गते बसेको बैठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिइसकेपछि यही वैशाख १२ प्रदेशसभाको चालु १३ औँ अधिवेशन अन्त्य गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट