पति–पत्नीबीच मनमुटाव भइरहन्छ ? ज्योतिष शास्त्रअनुसार यसरी गर्न सकिन्छ समाधान-Sutra News

पति–पत्नीबीच मनमुटाव भइरहन्छ ? ज्योतिष शास्त्रअनुसार यसरी गर्न सकिन्छ समाधान

बिहिबार, १० फाल्गुन २०८०

बिहिबार, १० फाल्गुन २०८०

बदलिँदो समयसँगै समाजमा अनेकन खालका समस्याहरु सिर्जना भइरहेका छन् । विशेषगरी प्रायः घरहरुमा झैझगडा र अशान्ति भइरहेको भेटिन्छ ।



मानिसहरु व्यक्तिगतरुपमा व्यस्त हुने र एक-अर्कासँग कुराकानी नगर्ने, एक-अर्कालाई समय नदिने हुँदा सम्बन्धमा पनि दुरी बढ्दै गएको भेटिन्छ । प्रायः घरमा विशेषगरी पति–पत्नीबीच झगडा भइरहेको पाइन्छ ।

ज्योतिष शास्त्रमा केही विधि बताइएको छ, जसको उचित प्रयोग गरेमा घरहरुमा शान्ति कायम गराउन सकिनेछ ।

तुलसीको प्रयोग

ज्योतिष शास्त्रअनुसार तुलसीले घरमा शान्ती कायम गराउँछ । तुलसीको पातलाई विधिपूर्वक प्रयोग गरे घरमा झैझगडा नहुने शास्त्रहरूमा उल्लेख छ ।

बिहान बेलुका तुलसीको पूजा गर्नाले पनि देवी लक्ष्मी प्रसन्‍न भई आशीर्वाद दिने कुरा शास्त्रहरूमा उल्लेख छ ।

जसको लागि पति–पत्नी सुत्ने बिस्ताराको सिरानीमुनि पाँच वटा तुलसीको पात राख्नुपर्ने सुझाइएको छ।

यदि त्यसो गरिएमा घरमा नकारात्मक भावनाको अन्त्य गराउने र विशेषगरी पति–पत्नीबीचको विवाद अन्त्य गराउने कुरा शास्त्रहरुमा उल्लेख छ ।

तुलसीको पातको प्रभाव पति–पत्नीबीचको सम्बन्धमा मिठासता छाउनेछ । दुईबीच समझदारी बन्नेछ । साथै, दुईबीच एक–अर्कामा आकर्षण पनि बढ्ने कुरा शास्त्रहरुमा उल्लेख गरिएको छ ।

उसैपनि सनातन धर्ममा तुलसीको बोटको विशेष महत्व रहेको बताइन्छ । तुलसीको बोटमा धनधान्यकी देवी लक्ष्मीको वास रहेको बताइन्छ । तुलसी भगवान विष्णुलाई पनि अति प्रिय वस्तु हो। यस कारणले भगवान विष्णु र श्रीकृष्णलाई भोजन चढाउँदा तुलसीको पात अवश्य समावेश गरिन्छ। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट