नक्कली भुटानी शरणार्थी प्रकरणमा कम्युनिष्ट सहभागी हुनु लाजमर्दो : अध्यक्ष नेपाल-Sutra News

नक्कली भुटानी शरणार्थी प्रकरणमा कम्युनिष्ट सहभागी हुनु लाजमर्दो : अध्यक्ष नेपाल

आइतबार, ३१ बैशाख २०८०

आइतबार, ३१ बैशाख २०८०

काठमाडौं । नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी प्रकरणमा कम्युनिष्ट पनि सहभागी हुनु लाजमर्दो भएको बताएका छन् ।



नक्कली भुटानी शरणार्थी प्रकरणममा धमाधम उच्च पदस्थमा रहेका नेता तथा उनीहरुका आफ्न्तको नाम बाहिर आइरहेका बेला नेपालले आइतबार यस्तो बताएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी तथा पूर्वगृहमन्त्री रामबहादुर थापाको छोरा मुछिएका छन् ।

सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनामाथि अनुसन्धान जारी छ । आज मात्रै अदालतले उनीहरुलाई थप चार दिन थुनामा राख्न अनुमति दिएको छ ।

यस प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री खाण, उनका पिए केसी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरुङ, सन्देश शर्मा, सागर राई, एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट