इलाम-२ अपडेट : सुहाङले बनाए अग्रता, पछ्याउँदै डम्मर-Sutra News

इलाम-२ अपडेट : सुहाङले बनाए अग्रता, पछ्याउँदै डम्मर

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको रिक्त इलाम–२ को उपनिर्वाचनको मत गणनामा नेकपा एमालेले अग्रता बनाएको छ । पछिल्लो परिणाममा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ नेपाली कांग्रेसका डम्मरबहादुर खड्कालाई पछि पारेका हुन् ।



पछिल्लो परिणामअनुसार एमालेलका उम्मेदवारले दुई हजार ५४२ मत ल्याएका छन् । कांग्रेस उम्मेदवार खड्काले दुई हजार १९७ मतका साथ पछ्याएका छन् । जारी परिणामअनुसार इलाम २ मा कांग्रेस र एमाले उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ ।

यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५९३ मतका साथ तेस्रो स्थानमा छन् भने र रास्वपा उम्मेदवार मिलन लिम्बुले जम्मा ३७९ मत मात्रै पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट