बझाङमा एमालेका उम्मेदवार दोब्बर मतले अगाडि, कसले कति मत पाए ?-Sutra News

बझाङमा एमालेका उम्मेदवार दोब्बर मतले अगाडि, कसले कति मत पाए ?

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायमै बनाएका छन् ।



कूल चार हजार २१५ सदर मत गणना हुँदा भण्डारीले एक हजार ५९३ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ९९८ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत पाउँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ५९५ मत प्राप्त गरेका छन् ।

बझाङमा आइतबार दिउँसोदेखि मतगणना सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट