बझाङ-१ मा एमालेको अग्रता कायमै, हजार मतले माओवादी पछाडि-Sutra News

बझाङ-१ मा एमालेको अग्रता कायमै, हजार मतले माओवादी पछाडि

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । बझाङ १ (क)मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत छविसपाथिभेरा गाउँपालिकासहित थलारा गाउँपालिका ९ को मतगणना सम्पन्न भएको छ ।



प्राप्त परिणामअनुसार नेकपा एमालेका उम्मेदवारको अग्रता कायमै छ । एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले दुई हजार ८७ मत पाएका छन् ।

यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले एक हजार ३७३, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले एक हजार २८९ मत प्राप्त गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ८५५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का किशोर खड्काको ३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट