लम्बोदर न्यौपानेलाई तीन वर्ष कैदसहित साढे २५ करोड जरिवाना-Sutra News

लम्बोदर न्यौपानेलाई तीन वर्ष कैदसहित साढे २५ करोड जरिवाना

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । सम्पत्ति शुद्धीकरणको आरोपमा दोषी ठहर भएका नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय कायम भएको छ ।



अध्यक्ष टेकनारायण कुँवर, सदस्य राम बहादुर थापाको इजलासले उनलाई सहुलियत दिँदा पनि तीन वर्ष कैद तोकेको हो ।

विशेष अदालतले उनको स्वास्थ्य स्थिति, आर्थिक एवं सामाजिक अवस्था, पारिवारिक अवस्था र कसुरको अवस्था हेरेर सजाय तोकिएको जनाएको छ ।

यस्तै उनलाई १२ करोड ८४ लाख विगो र त्यसको दोब्बर अर्थात २५ करोड ६९ लाख जरिवाना हुने फैसला गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट