रुपन्देही–२ मा ११ बजेदेखि मतगणना सुरु हुँदै-Sutra News

रुपन्देही–२ मा ११ बजेदेखि मतगणना सुरु हुँदै

सोमबार, ५ मंसिर २०७९

सोमबार, ५ मंसिर २०७९

रुपन्देही क्षेत्र नम्बर २ को मतगणना बिहान ११ बजेबाट सुरु हुने भएको छ । यसअघि माओवादीका प्रतिनिधिले विवाद सुरु गरेपछि रातिदेखि सुरु गर्ने भनिएको मतगणना रोकिएको थियो । सोमबार बिहान ११ बजेदेखि मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।



त्यसैगरी रुपन्देही क्षेत्र नम्बर १ मा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ । क्षेत्र नम्बर ५ मा मतगणना गर्नका लागि सर्वदलीय बैठक बसिरहेको छ । बैठकले मतगणनाबारे निर्णय गर्ने छ । रुपन्देही ३ र ४ मा ९ बजेबाट मतगणना सुरु गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट