हर्कले बालेनलाई भने- मुख नबजाई पाखुरा बजाउ नालायक हो !-Sutra News

हर्कले बालेनलाई भने- मुख नबजाई पाखुरा बजाउ नालायक हो !

बिहिबार, २ भाद्र २०७९

बिहिबार, २ भाद्र २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच फेसबुकमा दोहोरी चलेको छ ।



सम्पाङले बुधबार साँझ फेसबुकमा आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ ! भन्दै स्टाटस लेखेका थिए ।

उनको पोष्टमा बालेनले प्रतिक्रिया दिएका छन् । उनले सम्पाङकै शैलीमा लेखेका छन्, ‘हो नि … तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’

पोस्ट गर्दै केहि आक्रोशको भाषा प्रयोग गरेका छन् । उनले भनेका छन्, ‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइदैन । मुख बजाउन छाडेर पाखु बजाउ नालायक हो । नामले खाएकाहरु हो । तिमेरुको रिस उठोस बेस्सरी । काम गर काम हावा तालका हो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट