रहेनन् फिल्म ‘माइतीघर’का अभिनेता लोहनी-Sutra News

रहेनन् फिल्म ‘माइतीघर’का अभिनेता लोहनी

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

काठमाडौं । नेपाली फिल्म क्षेत्रले आज एक तारा गुमाएको छ । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सुपरहिट फिल्म ‘माइतीघर’का अभिनेता सिपी लोहनीको सोमबार निधन भएको छ।



सिपी नामले परिचित अभिनेता (चिदम्बरमप्रसाद लोहनी)को ८६ वर्षको उमेर भएको निधनले आज सबैलाई स्तब्ध तुल्याएको हो ।

निजी क्षेत्रले निर्माण गरेको पहिलो फिल्म ‘माइतीघर’का अभिनेताका रूपमा वृहत् चर्चा कमाएका लोहनी लामो समय देखि अल्जाइमर रोगबाट पीडित थिए । अभिनेताको आज सोमबार १ः३० बजे काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको निधन भएको चलचित्र कलाकार संघले जनाएको छ ।

अभिनेता सँगै एक कुशल गायक समेत रहेका लोहनीको पार्थिव शरीरलाई आज अपराह्न ४ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार संघका अध्यक्ष मोहन निरौलाले जनाएका छन् ।

लोहनीले पछिल्लो गीतको रूपमा  ‘पुनरागमन’ ल्याएका थिए । रेडियो नेपालमा केही गीत रेकर्ड गरेका उनी ‘माइतीघर’का गायक समेत थिए । आफैमा चर्चित व्यक्ति उनले नेपाली सहित हिन्दी र बंगाली फिल्मकी चर्चित अभिनेत्री माला सिन्हाका साथ विवाह गरी एक छोरीलाई पनि जन्म दिइएका छन् ।

उसो त आफ्नो करियरमा हरेक ठूला अभिनेतासँग सहकार्य गरेकी मालाको जोडी दर्शकहरूले अभिनेता धर्मेन्द्रसँग निकै मन पराएका थिए । तर, मालाले भने आफ्नो मन मुटु सिपीलाई दिइएकी थिइन्, पछि श्रीमानको रूपमा पनि सिपीलाई नै पाएकी माला फिल्म ‘माइतीघर’मा सिपीको अपोजिटमा थिइन् ।

सिपी र मालाको विवाह अरू भन्दा निकै फरक छ, किनकि उनीहरूले १ चोटि मात्र नभएर तिन चोटि सम्म विवाह गरेका थिए । मालाकी आमा नेपाली र बुवा इसाई थिए । यही कारण उनीहरूले पहिला हिन्दु, त्यसपछि इसाई र अन्तिममा अदालती गरेर जम्मा ३ पटक विवाह गर्नुपरेको थियो ।

आफ्नो जीवनकालमा कलाकारिता क्षेत्रमा निकै ठूलो योगदान दिइएका सिपीको निधनले सम्पूर्ण नेपाली फिल्म क्षेत्रलाई नै स्तब्ध तुल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट