३९ हजार मत गन्दा सुहाङले कटाए १६ हजार, अन्यको कति ?-Sutra News

३९ हजार मत गन्दा सुहाङले कटाए १६ हजार, अन्यको कति ?

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

काठमाडौं । इलाम–२ को उपनिर्वाचनको मतगणना जारी छ । जारी मतगणनाको पछिल्लो परिणामअनुसार नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले निकै बलियो मतान्तरसहित अग्रता कायम गरेका छन् ।



पछिल्लो परिणामअनुसार नेम्वाङले निकटतम प्रतिस्पर्धी कांग्रेसका डम्बरबहादुर खड्कालाई झण्डै ६ हजार मतान्तरले पछि पारेका छन् । नेम्वाङले १६ हजार २१९ मत ल्याउँदा कांग्रेसका खड्काले १० हजार ५५७ मत पाएका छन् ।

यता, पछिल्लो मतगणनामा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम भने केही पछाडि परेका छन् । यसअघि कांग्रेसका निकै निकट देखिएका थेगिम पछिल्लो परिणाममा खड्काभन्दा झण्डै दुई हजार मतले पछि परेका छन् । पछिल्लो परिणामअनुसार थेगिमले ८ हजार ८२५ मत पाएका छन् ।

यता, रास्वपा उम्मेदवार मिलन लिम्बु भने निकै पछि परेका छन् । उनले हालसम्म २ हजार ६४५ मत पाएका छन् । ३९ हजारभन्दा बढी मत गन्दा लिम्बुले पाएको मतलाई हेर्दा जमानत जोगाउन गाह्रो हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट