बिहान तराईमा हुस्सु, दिउँसाे प्रदेश १, बागमती र गण्डकीमा वर्षाकाे सम्भावना-Sutra News

बिहान तराईमा हुस्सु, दिउँसाे प्रदेश १, बागमती र गण्डकीमा वर्षाकाे सम्भावना

शुक्रबार, २८ माघ २०७८

शुक्रबार, २८ माघ २०७८

हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । बिहान तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेकाे छ ।



दिउँसाे प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

राति प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

शनिबार भने माैसममा सुधार हुने देखिएकाे छ ।  देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने आँकलन महाशाखाले गरेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट