सुरु भयो इन्द्रजात्रा [फोटोफिचर]-Sutra News

सुरु भयो इन्द्रजात्रा [फोटोफिचर]

शनिबार, २ असोज २०७८

शनिबार, २ असोज २०७८

काठमाडौं- इन्द्रजात्रा आजदेखि सुरु भएको छ ।



INDRAJATRA6.JPG वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज (२ असोज) बिहान ६:५१ बजेको साइतमा गरिएको छ ।

indrajatra1.JPG

नेपाली सेनासमेत सहयोगमा हनुमान ढोका (कालभैरव क्षेत्र) बाट इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो ।

indrajatra3.JPGइन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन ३ असोजमा कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ । ४ असोजमा माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

indrajatra2.JPG

असोज ८ गते नानिचा यात्रा गरिनेछ । त्यसै दिन राति १०स्३६ बजे इन्द्रध्वज पतन अर्थात् लिङ्गो ढालिने साइत छ ।

indrajatr4.JPG

यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिन्छ ।

indrajatra5.JPG

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट