बस दुर्घटना हुँदा १० जनाको मृत्यु-Sutra News

बस दुर्घटना हुँदा १० जनाको मृत्यु

मंगलबार, २५ बैशाख २०८१

मंगलबार, २५ बैशाख २०८१

काठमाडौं । दक्षिणी पेरुको पुनो क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्



ट्रान्सपोर्टेस टुरिज्मो युनिभर्सल नामक कम्पनीद्वारा सञ्चालित अन्तर प्रदेशीय बस पुनो–कुस्को मार्गमा जाँदै गर्दा स्थानीय समयअनुसार दिउँसो करिब २ बजे दुर्घटना भएको सरकारी समाचार एजेन्सी एन्डिनाले जनाएको छ ।

पुनो राजमार्ग प्रहरीका प्रमुख डेभिड सोटा परेडेसले रेडियो प्रोग्रामासलाई बसमा २४ जना यात्रुसहित कस्को सहरतर्फ गइरहेको बताए ।

राज्य सञ्चालित टिभी पेरु नोटिसियाले केही गम्भीरसहित घाइतेलाई सान जुआन डे डिओस अयाभिरी अस्पताल र सान्ता रोजा जिल्लाको क्लिनिकमा उपचारका लागि लगिएको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट