यस्तो छ आर्यन, प्रदीप र पल स्टारर फिल्म ‘पूजार सार्की’को ट्रेलर-Sutra News

यस्तो छ आर्यन, प्रदीप र पल स्टारर फिल्म ‘पूजार सार्की’को ट्रेलर

मंगलबार, २५ बैशाख २०८१

मंगलबार, २५ बैशाख २०८१

काठमाडाैं । फिल्म ‘पूजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । दिनेश राउतले निर्देशन गरेको फिल्मको सार्वजनिक ट्रेलरले अन्तरजातीय प्रेमले निम्त्याएको घटना र परिघटनालाई देखाउन खोजिएको छ ।



आगामी जेठ १० गते (बुद्ध जयन्ती)बाट विश्वव्यापी रूपमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलरमा तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह सहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई प्रस्तुत गरिएको छ।

आगामी जेठ १० गते (बुद्ध जयन्ती)बाट विश्वव्यापी रूपमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको १ मिनेट १४ सेकेन्डको ट्रेलरमा जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसहरूलाई पारेको व्यक्तिगत, मानसिक र सामाजिक असरलाई उतारिएको छ।

अन्तरजातीय प्रेमले निम्त्याउने घटनालाई देखाउन खोजिएको ट्रेलरमा आर्यनको कथित तल्लो जातकी अञ्जनासँग माया बस्ने, कथित तल्लो जातका मैतबहादुर अर्थात् प्रदीप भने गुरुङ युवती परीक्षाको प्रेममा परेको देखाइएको छ । त्यस्तै ट्रेलरमा पल भने जात व्यवस्थाविरुद्ध विद्रोह गर्नुपर्छ भन्ने पक्षमा देखाइएको छ ।

यस फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ।

सङ्गीतकार सुवास भुसालले निर्माण गरेको यो फिल्मलाई विकास सुवेदीले लेखेका छन्। भुसालले पहिलो पटक फिल्म निर्माण गरेका हुन्। फिल्ममा पनि निर्माता भुसाल आफैले सङ्गीत तयार गरेका छन्। हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् ।

किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो फिल्ममा राजेश श्रेष्ठको डिओपी, भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ गरेका छन् । यस्तै फिल्ममा साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरको रहेको छ।

हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने ‘पुजार सार्की’का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन्। राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन्। यसका कला निर्देशक साजन बस्ताकोटी र सदिक्षा महत्रा हुन् भने माधव प्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहेको छ। यो फिल्म आरआर फिल्मसले वितरण गर्दै छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट