चीनबाट आएको जहाज ठुलो दुर्घटनाबाट जोगियो- आकाशमै १ घण्टाभन्दा बढी होल्ड-Sutra News

चीनबाट आएको जहाज ठुलो दुर्घटनाबाट जोगियो- आकाशमै १ घण्टाभन्दा बढी होल्ड

सोमबार, १४ भाद्र २०७८

सोमबार, १४ भाद्र २०७८

काठमाडौँ । सोमबार चीनको छेन्दुबाट काठमाडौं आएको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि ओभर सुट गरेको छ ।



उड्डयन प्राधिकरणका एक अधिकारीका अनुसार मौसममा आएको खराबीका कारण उक्त जहाजले ओभर सुट गर्नुपरेको हो । नेपाली आकाशमा लागेको हुस्सुका कारण अहिले पनि कतिपय आन्तरिक उडानहरु प्रभावित भएका छन् ।

बिहान लगभग साढे ६ बजे अवतरण गरिसक्नुपर्ने जहाजले मौसममा आएको खराबीका कारण ७ः५१ बजे मात्रै अवतरण गरेको थियो  । जहाजले लगभग एक घण्टाभन्दा बढी समय आकाशमा फन्को मारेको थियो ।  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट