सुहाङले मतान्तर बढाउँदा डम्बरलाई उछिन्न खोज्दै डकेन्द्र-Sutra News

सुहाङले मतान्तर बढाउँदा डम्बरलाई उछिन्न खोज्दै डकेन्द्र

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

काठमाडौं । इलाम–२ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले निकटतम प्रतिस्पर्धीलाई धेरै पछि पारेका छन् । निर्वाचन आयोगका अनुसार ३० हजार ५६३ मत गन्दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा नेम्वाङ ४ हजार ५२३ मतले अगाडि छन् ।



पछिल्लो परिणामअनुसार नेम्वाङले १२ हजार ४०५ मत पाउँदा खड्काले जम्मा ७ हजार ८८२ मत पाएका छन् ।

पछिल्लो परिणामअनुसार कांग्रेसका खड्कालाई स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम निकै नजिकबाट पछ्याएका छन् । खड्काभन्दा थेगिम ११३ मतले पछि छन् । पछिल्लो परिणाममा थेगिमले ७ हजार ७६९ मत पाएका छन् ।

यता, रास्वपाका उम्मेदवार मिलन लिम्बु भने निकै पछि परेका छन् । ३० हजार बढी मत गनिसक्दा रास्वपाका लिम्बुले जम्मा १ हजार ६३६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट