३२ हजार मत गन्दा सुहाङले कटाए १३ हजार, अन्यको कति ?-Sutra News

३२ हजार मत गन्दा सुहाङले कटाए १३ हजार, अन्यको कति ?

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

काठमाडौं । इलाम–२ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले लगातार मतान्तर बढाउँदै अग्रता लिइरहेका छन् । निर्वाचन आयोगका अनुसार ३२ हजार १९४ सदर मत गन्दा नेम्वाङले १३ हजार ६९ मत पाएका छन् ।



नेम्वाङले पाएको नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले पाएको मतभन्दा झण्डै पाँच हजारले बढी हो । पछिल्लो मतगणनाको परिणामअनुसार खड्काले जम्मा ८ हजार ३८६ मत पाएका छन् ।

कांग्रेसका खड्कालाई पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले पछ्याइरहेका छन् । खड्काभन्दा थेगिमले २८८ मत कम अर्थात् ८ हजार ९८ मत पाएका छन् ।

पछिल्लो परिणामलाई हेर्दा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बु भने निकै पछि परेका छन् । ३२ हजार मत गन्दा लिम्बुले जम्मा १ हजार ७१३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट