दूधकोसी नदी किनारमा बोलेरो खस्दा दुई जनाको मृत्यु-Sutra News

दूधकोसी नदी किनारमा बोलेरो खस्दा दुई जनाको मृत्यु

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

काठमाडौं । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।



सोमबार बिहान १ ज २६१७ नम्बरको बोलेरो दूधकोसी नदी किनारमा खस्दा एक जनाको घटना स्थलमै मृत्यु भएको थियो । अर्का एकको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईका अनुसार आमचोक गाउँपालिका १० निवासी २७ वर्षीया रुना राईको घटनास्थलमा र शान्ति राईको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

बलेरोमा चौध यात्रु रहेका थिए । गम्भीर घाइतेलाई थप उपचारका लागि धरान पठाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट