प्रधानमन्त्रीको समर्थनमा ‘चुच्चे नक्सा’ सहित प्रदर्शन, कतै शंख फुकेर विरोध [फोटोफिचर]-Sutra News

प्रधानमन्त्रीको समर्थनमा ‘चुच्चे नक्सा’ सहित प्रदर्शन, कतै शंख फुकेर विरोध [फोटोफिचर]

आइतबार, २७ असार २०७८

आइतबार, २७ असार २०७८

काठमाडौं- नेकपा एमालेको भातृ संगठन युवा संघले वर्तमान सरकार र नेकपा एमालेविरुद्ध घेराबन्दी भएको भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।



213678993_526102665485161_2839790787851156032_n.jpg आइतबार काठमाडौंको बानेश्वरमा युवा संघल सरकारले संविधानअनुसार नै काम गर्दा पनि घेराबन्दी पार्न खोजिएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

RoS_KTM_20210711_IMG_62883.jpg

प्रदर्शनमा सहभागीहरुले आइएम वीथ केपी ओली, ‘स्वतन्त्र न्यायपालिकाको सम्मान गरौं, संविधानको कार्यान्वयन गरौं’, ’संवैधानिक सर्वोच्चता कायम गरौं, व्यवस्था विरोधी कदम बन्द गरौं’ लगाएतका प्लेकार्ड बोकेका थिए ।

त्यस्तै सहभागीले ’आजलाई होइन भोलिलाई १० वर्ष ओलीलाई’, ’कानुनी शासन कायम गरौं’, ’बौद्धिक अराजकताको अन्त्य गरौं’ लगायतका नारा लगाएका थिए ।

RoS_KTM_20210711_IMG_6368.jpg

त्यस्तै आइतबार नै एमाले निकट खेलकुद महासंघले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको चुच्चे नक्सा, संविधान र ओलीको डमीसहित आइतबार प्रदर्शन गरेका छन् ।

काठमाडौंको त्रिपुरेश्वरमा गरिएको प्रदर्शनका क्रममा केपी ओलीको पक्षमा नारावाजी गरेका थिए । खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले सरकारलाई असफल बनाउने काम भएको र मुलुकमा अराजक अवस्था सिर्जना गर्न खोजिएको भन्दै खवरदारी गरिएको बताए ।

RoS_KTM_20210711_IMG_6346.jpg

एमाले निकट संगठनले जनताको सार्वभौमसत्ताको रक्षा र बिपक्षी गठबन्धनको असंवैधानिक तथा राष्ट्रघाती कदमका विरुद्ध निरन्तर प्रदर्शन गर्ने जनाएका छन् ।

students-birodh-petro-1024x683.jpg

आजै बिपक्षी गठबन्धननिकट विद्यार्थी संगठनले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले सरकारको क्रियाकलाप असंवैधानिक भएको भन्दै काठमाडौंका शंक फुकेर विरोध प्रर्दशन गरे । प्रतिनिधिसभा विघटन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र भ्रष्टाचारविरुद्ध उनीहरुले आन्दोलन गरेका हुन् ।

RoS_KTM_20210711_IMG_6252.jpg

RoS_KTM_20210711_IMG_6237.jpg

RoS_KTM_20210711_IMG_6359.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट