हिन्दू धर्मको प्रभाव : विश्व बैंकका पूर्व निर्देशक बने सन्यासी-Sutra News

हिन्दू धर्मको प्रभाव : विश्व बैंकका पूर्व निर्देशक बने सन्यासी

आइतबार, १६ जेष्ठ २०७८

आइतबार, १६ जेष्ठ २०७८

हिन्दू संस्कृति र धर्मग्रन्थप्रति विदेशीहरुको पनि उत्तिकै लगाब पाइन्छ । विश्व बैंकका पूर्व निर्देशक तथा दक्षिण अफ्रिकाका राष्ट्रपति जैकब जुमाका आफन्त हास पाइस जुहूनले विश्व विख्यात ग्रन्थ भागवत गीताबाट प्रभावित भएर पहेँलो वस्त्र लगाएर सन्यासीको भेष धारण गरेका छन् ।



जुहून गृहस्थी जीवन त्यागेर सन्यासी बन्ने सोचका साथ दक्षिण अफ्रिकाबाट भारत आइपुगेका थिए ।
जुहूनले शनिवार शिवपुरको भदैया कुण्डस्थित प्राचीन मन्दिरमा पुगेर धर्मगुरुहरुको उपस्थितिमा सन्यास ग्रहण गरेका थिए । सन्यास ग्रहण पछि विश्व बैंकको पूर्व निर्देशक जुहूनको नाम परिवर्तन भएर सोहम पुरी राखिएको थियो ।

धर्मप्रचारका लागि विश्व भ्रमण गर्ने
सन्यासी बनेका सोहमले शान्ति र सद्भावको लागि विश्व भ्रमण गरी धर्म प्रचार गर्ने बताएका छन् । जुहूनले अमेरिकाको हावर्ड यूनिभर्सिटीबाट डिग्री हासिल गरेका थिए । जुहूनले फ्रान्स, स्विटरजरल्याण्ड, यूएन लगायतका विभिन्न पेट्रोलियक कम्पनीमा मुख्य पदमा रहेर काम गरिसकेका उनले विश्व बैंकमा निर्देशकका रुपमा पनि काम गरिसकेका छन् ।

पत्नीले दिएकी साथ दिएपछि बने सन्यासी
जुहूनले गीता, बाइबल, कुरान लगायत सबै धर्म ग्रन्थको अध्ययन पूरा गरिसकेका छन् । यी मध्ये आफू हिन्दू धर्मग्रन्थ गीताबाट विशेष प्रभावित भएको उनले बताए ।

यसका साथै उनले विभिन्न उपनिषद् र वेदको पनि गहिरो अध्ययन पूरा गरेका छन् । यी सबै धर्मग्रन्थको अध्ययनपछि जुहूनले गृहस्थ जीवन त्यागेर धर्म प्रचारको लागि सन्यास बनेको बताए । सन्यास बन्ने विचारमा पत्नी जूडी जुहूनले पनि सहमति दिएपछि उनी थप हौसिएका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट