औषधि उपचार गर्दा पनि रोगबाट मुक्ति नपाएमा यी उपाय अपनाउनुहोस्-Sutra News

औषधि उपचार गर्दा पनि रोगबाट मुक्ति नपाएमा यी उपाय अपनाउनुहोस्

बुधबार, १६ फाल्गुन २०८०

बुधबार, १६ फाल्गुन २०८०

हरेक व्यक्ति आफ्नो जीवनभर स्वस्थ रहन चाहन्छ तर, यो सम्भव छैन। कहिले आफ्नै लापरवाहीले त कहिले ग्रहस्थितिको कारणले मानिसलाई जीवनमा कुनै न कुनै रोगले सताइरहन्छ । कहिलेकाहीँ औषधि सेवनले गर्दा पनि राेग निकाे हुँदैन । यस्ताेमा बिरामी थप बिरामी हुने अवस्थामा पुग्छ ।



यहाँ केही शास्त्रीय उपायबारे चर्चा गरिएकाे छ ।

कहिलेकाहीँ लामो समयसम्म रोग लागेमा र औषधि खाँदा पनि निको नहुने हो भने चिन्ता लाग्नु स्वभाविक हो । तर, यस्तो अवस्थामा शरीर मात्र होइन मन पनि बिग्रन्छ । कुनै पनि उपायले रोग निको नहुने भएमा यी उपायहरू पनि प्रयोग गर्नुपर्छ, कहिलेकाहीँ यी साना र सरल उपायहरू धेरै उपयोगी हुन्छन्।

यी समाधानहरू प्रयास गर्नुहोस्

– कुनै किसिमको रोग लागेमा उपचार चलिरहेको अवस्थामा मासको शुक्ल पक्षको सोमबारको दिन शिवलिंगमा औषधि चढाएर रुद्राक्ष मालासहित महामृत्युञ्जय मन्त्रको एक माला जप गर्नुहोस् र त्यसपछि मात्र औषधि सेवन गर्नुहोस् । यसले तपाईंकाे स्वास्थ्य छिट्टै सुधार भएकाे देख्नुहुनेछ।

– बजारबाट आफ्नो तौल बराबरको सात अनाज किनेर पिसेर त्यसमा गुड़को डला राख्नुहाेस् । अब त्याे आफैं गाई गोठमा गएर यो गाईलाई खुवाउनुहाेस् । गाईलाई साँक्षी राखेर स्वास्थ्य लाभको प्रार्थना गर्नुहाेस् । रोगी निको हुन थाल्छ तर, यदि रोग धेरै गम्भिर छ भने यो प्रक्रिया हरेक महिना दोहोर्याउनुहोस्, बिस्तारै तपाईले लाभ पाउनुहुनेछ।

– मोतीको शंखलाई पानीमा भरेर आफ्नो पूजा कोठामा सुरक्षित राख्नुहोस् र त्यसपछि यो मोती शंखमा भरिएको पानीले मात्र औषधि खानुहोस्, तपाईलाई रोगबाट मुक्ति मिल्नेछ । यो प्रक्रिया दोहोर्याउँदा औषधिले लाभ दिन थाल्छ। एजेन्सीकाे सहयाेगमा

(नोट: यस लेखमा दिइएको जानकारी शास्त्रीय मान्यताहरूमा आधारित छ। सं.)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट