यी सात सपनाले भविष्यमा हुने शुभ घटनाको संकेत गर्छ-Sutra News

यी सात सपनाले भविष्यमा हुने शुभ घटनाको संकेत गर्छ

आइतबार, १३ फाल्गुन २०८०

आइतबार, १३ फाल्गुन २०८०

गुलाबको फूल– सपनामा गुलाबको फूल देख्नु निकै शुभ मानिन्छ । यो तपाईंको जीवनमा सकारात्मक परिवर्तनहरू हुन गइरहेको संकेत हो। सपनामा रातो गुलाब देख्नुभयो भने बुझ्नुहोस् तपाईको कुनै इच्छा छिट्टै पूरा हुनेवाला छ ।



मृत्यु देख्नु – सपनामा परिवारको सदस्यको मृत्यु देख्दा डर र दुःखी बनाउँछ। तर, यस्ता सपनालाई शुभ मानिन्छ । जुन व्यक्तिको मृत्यु तपाईंले सपनामा देख्नुभएको छ याे उसको उमेर बढेको सङ्केत हो ।

शिव मन्दिर- सपनामा शिव मन्दिर देख्नु भयो वा मन्दिरको सिँढी चढ्नु भयो भने त्यस्ता सपनाको अर्थ जीवनमा सुख र समृद्धिको आगमनको संकेत हो । यस्तो सपनाले भगवान शिवको आशीर्वाद दिन्छ र चाँडै व्यक्तिले आफ्नो लक्ष्य प्राप्त गर्दछ।

फलफूल र फूलले भरिएको रुख– सपना विज्ञानका अनुसार सपनामा फलफूलले भरिएको रूख तथा बोटबिरुवा देख्नु पनि शुभ मानिन्छ । यो एक संकेत हो कि तपाईको जीवनमा खुशी आउन लागेको छ।

सुगा – सपनामा सुगा देख्नु धनलाभको संकेत मानिन्छ । सपनामा सुगा देख्नुभयो भने बुझ्नुहोस् तपाईलाई कुनै शुभ समाचार मिल्ने छ । सुगाको जोडी देख्नु भयो भने झनै शुभ हुन्छ । यसले दाम्पत्य सम्बन्धमा प्रेम बढाउँछ।

पहाड चढ्नु – सपना विज्ञानका अनुसार सपनामा पहाड आरोहण हुनु शुभ चिन्ह मानिन्छ। सपनामा पहाड चढ्नु जीवनमा प्रगतिको संकेत हो। यसको मतलब तपाईको समस्याहरू पछाडि छोडिनेछ।

उल्लू- सपनामा उल्लु देख्नुभयो भने बुझ्नुहोस् कि देवी लक्ष्मीको आशीर्वाद तपाईमाथि रहनेछ। यस्तो सपना भविष्यमा आर्थिक लाभको संकेत मानिन्छ। एजेन्सीबाट

(नोट: यस लेखमा दिइएको जानकारी अनुमानहरूमा आधारित छ। जुनप्रति सञ्चार गृह जिम्मेवार छैन ।सं.)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट