भगवान कृष्णले सुझाएका यी ४ कुरा पालना गरे जीवनमा छाउनेछ खुसी-Sutra News

भगवान कृष्णले सुझाएका यी ४ कुरा पालना गरे जीवनमा छाउनेछ खुसी

मंगलबार, ६ चैत्र २०८०

मंगलबार, ६ चैत्र २०८०

चिन्ता, तनाव, डिप्रेशन आदिका कारण मानिसहरु मानसिक रुपमा विचलित रहन्छन् । उनीहरूकाे जीवनबाट खुशी टाढा जान्छ । तर सुखी रहने धेरै उपायहरु छन् । धार्मिक ग्रन्थ र शास्त्रहरुमा पनि जसबारे उल्लेख गरिएको छ ।



तीमध्ये एक हिन्दू धर्मको महत्वपूर्ण ग्रन्थ हाे श्रीमद्भागवत गीता । भगवान कृष्णले कुरुक्षेत्रको युद्धभूमिमा अर्जुनलाई कर्म र धर्मसँग सम्बन्धित धेरै उपदेश दिएका थिए। यसलाई गीता उपदेश भनिन्छ। गीतामा यस्ता धेरै कुराहरु उल्लेख गरिएको छ, जसको पालना गर्नेहरुको जीवनबाट समस्याहरु टाढा रहन्छन् र उनीहरु सधै सुखी रहन्छन् ।

खुसी हुन चाहनुहुन्छ भने यो काम आजैबाट छोड्नुहोस्

तुलना गर्न बन्द गर्नुहोस्: कृष्ण भन्नुहुन्छ, जबसम्म तपाईं अरू कसैसँग तुलना गरिरहनुहुन्छ तबसम्म तपाईं जीवनमा खुशी हुन सक्नुहुन्न । त्यसैले शास्त्रमा भनिएको छ कि भगवानले जे दिनुभएको छ त्यसमा खुसी हुन सिक । यसबाट सन्तुष्ट हुने र अरूसँग तुलना नगर्ने मानिसहरू सधैं खुसी रहन्छन्।

गुनासो गर्न बन्द गर्नुहोस्: अरूको बारेमा गुनासो गर्नु धेरै मानिसहरूको स्वभाव हो। तर गुनासो गरेर केही हासिल हुँदैन । यसको मतलब गुनासो कुनै पनि कुराको समाधान होइन। यस्तो स्वभाव भएका मानिसहरु आफ्नो काममा एकाग्र हुन सक्दैनन् र यसले उनीहरुको जीवन नीरस बनाउँछ । यदि तपाई खुसी हुन चाहनुहुन्छ भने आजैबाट यो बानी त्याग्नुपर्छ ।

आलोचना नगर्नुहोस्: खुसी हुन, अरूको आलोचना गर्न छोड्नु धेरै महत्वपूर्ण छ। आलोचकहरूले तपाईंको खुशीलाई बिस्तारै नष्ट गर्छन्। त्यसैले सबैसँग मायालु र हँसिलो हुनुहोस्।

चिन्ता  नलिनु : चिन्ता गर्नु हरेक व्यक्तिको स्वभाव हो, जुन स्वभाविक पनि हो। तर विगतमा भएका घटनाहरूको बारेमा चिन्ता गर्नु वा भविष्यको बारेमा अत्याधिक चिन्तित हुनु तपाईंको लागि समयको बर्बादीबाहेक केही होइन। यसो गर्दा वर्तमान जीवनको सुख पनि गुमाउनुहुन्छ। त्यसैले विगतको चिन्ता छोड्नुहोस् र वर्तमानमा खुसी हुन सिक्नुहोस्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट