प्रधानमन्त्री ओलीको तेस्रो कार्यकाल सुरु [फोटोफिचर]-Sutra News

प्रधानमन्त्री ओलीको तेस्रो कार्यकाल सुरु [फोटोफिचर]

शुक्रबार, ३१ बैशाख २०७८

शुक्रबार, ३१ बैशाख २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिए ।



संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दलका नेताका हैसियतमा उनी प्रधानमन्त्रीमा पुनः नियुक्त भएका हुन् ।

तेस्रो कार्यकालका लागि शपथग्रहणपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्दै प्रधानमन्त्रीले कोरोना महामारी रोकथाममा एकजुट भएर लाग्न सबै मन्त्रीहरूलाई निर्देशन दिए ।

उनले मानवीय सेवाको उदात्त भावना अघिपछिभन्दा बढी प्रकट गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले सबै दल, नेता र कार्यकर्तालाई विकराल स्थितिमा संवेदनशील भएर विधि र कानूनको पालना गर्न आग्रह गरे ।

उनले छिमेकी र मित्रराष्ट्रलाई महामारी नियन्त्रणमा सघाउन पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले राज्यको स्रोत, साधन र ज्ञानको सहीरुपमा प्रयोग भई जनताका लागि परिणाम दिन सक्नुपर्नेमा जोड दिए । 

pro_ktrm_oli_sambhodhan.jpg

pro_ktm_pm_nirdashan.jpg

pro_ktm_dpm_saphat.jpg

sutranews30.jpg

Pro_Ktm_PM_OLI_PadBahili.jpg

pro_ktm_rajyamantrisaphat.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट