अभिनेत्री करिश्माले घोषणा गरिन् नयाँ फिल्म ‘बनबास’, मुख्य भूमिकामा छोरी कविता रहने-Sutra News

अभिनेत्री करिश्माले घोषणा गरिन् नयाँ फिल्म ‘बनबास’, मुख्य भूमिकामा छोरी कविता रहने

मंगलबार, २० माघ २०७७

मंगलबार, २० माघ २०७७

काठमडौं- अभिनेत्री करिश्मा मानन्धरले पाँच वर्षपछि फेरि फिल्म निर्माण गर्ने भएकी छन् । उनले निर्माण गर्न लागेको फिल्मको नाम ‘बनबास’ हो ।



फिल्मको मुख्य भूमिकामा करिश्माकी छोरी कविता मानन्धर र अभिनेता सरोज खनालको रहने छन् । फिल्मले परिवारीक सम्बन्धको कथालाई प्रस्तुत गर्नेछ ।

करिश्माले यसअघि ‘फागु’ नामक फिल्म निर्माण गरेकी थिइन् । छोरी कविताको डेब्यू ‘फिल्म’ ‘एउटा यस्तो प्रेम कहानी’ फ्लप भएपछि छोरीकै करियरलाई हेरेर करिश्माले ‘बनबास’ घोषणा गरेकी हुन् ।

उक्त फिल्मलाई करिश्माले नै निर्देशन गर्ने हल्ला चले पनि स्पष्ट भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट