बिहे गर्दै अन्जु पन्त-Sutra News

बिहे गर्दै अन्जु पन्त

मंगलबार, २० माघ २०७७

मंगलबार, २० माघ २०७७

काठमाडौं- गायिका अन्जु पन्तले बिहे गर्न लागेकी छन् । उनले इलामका थिर कोइरालासँग दोस्रो बिहे गर्न लागेकी हुन् । अन्जुकाे पहिलो विवाह गायक एवम् संगीतकार मनोजराजसँग भएकाे थियाे । मनोजसँग अन्जुको डिर्भोर्स भइसकेको छ ।



एक दशकपछि अन्जुले थिरसँग आफ्नो प्रेम रहेको खुलाएकी हुन् । उनीहरू विवाहको तयारीमा जुटेको बताइएको छ । तर अन्जुका प्रेमी थिरले भने तत्काल विवाहको कुनै योजना नभएको बताउँदै विवाहको हल्ला चल्दा दबाब महसुस भएकाे प्रतिक्रिया दिएका छन् ।

anju panta thir koirala.jpg

यतिखेर दुवैको परिवारमा विवाहलाई लिएर कुराकानी भैइरहेको छ । अन्जु र थिर एक सांगीतिक कार्यक्रममै भेट भएका थिए । अन्जुका एकाध गीतमा थिरले शब्दहरू पनि लेखेका छन् ।

अन्जुकी छोरी परितोषिकाले पनि अब आमाले विवाह गर्नुपर्ने बताउँदै आएकी थिइन् भने अन्जुले विवाहका लागि छोरीले दबाब दिन थालेको र त्यसबारे सोचिरहेको बताउने गरेकी थिइन् ।

अन्जु र थिरको विवाहको हल्ला चले पनि विवाहकाे मिति भने टुंगो लागेको छैन । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट