कुटपिट गरेको भन्दै सुष्मा कार्कीले दिइन् आरती र उत्सवविरुद्ध उजुरी-Sutra News

कुटपिट गरेको भन्दै सुष्मा कार्कीले दिइन् आरती र उत्सवविरुद्ध उजुरी

मंगलबार, २० माघ २०७७

मंगलबार, २० माघ २०७७

काठमाडौं- नायिका सुष्मा कार्कीले अर्की नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीविरुद्ध गाली गलौज र कुटपिट गरेको भन्दै उजुरी दिएकी छन् ।



कार्कीले उनीहरुविरुद्ध महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी हुन् ।

सोमबार राति दरबारमार्गको लण्डन पब क्याफेमा उनीहरुबीच झगडा भएको थियो । सो क्याफेमा आफूमाथि आरती र उत्सवले गाली गलौज र कुटपिट गरेको भन्दै सुष्माले उजुरी दिएकी प्रहरीले जनाएकाे छ । 

सुष्माले आरती र उत्सवको सम्पर्क नम्बर नदिएकाले यसबारे थप प्रक्रिया अगाडि बढाउन समस्या भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट