विदेशिएका सन्तान र आमाको पीडामा आधारित गीत ‘आर्शीवाद’ (भिडियोसहित)-Sutra News

विदेशिएका सन्तान र आमाको पीडामा आधारित गीत ‘आर्शीवाद’ (भिडियोसहित)

सोमबार, १९ माघ २०७७

सोमबार, १९ माघ २०७७

काठमाडौं– आमाको कथामा बनेको म्युजिक भिडियो ‘आशीर्वाद’ सार्वजनिक भएको छ । हात मुख जोड्नकै निम्ति विदेशिएका नेपाली सन्तान र उनीहरूको कथामा आधारित गीत युट्युब च्यानल ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो ।



म्युजिक भिडियोमा मिथिला शर्मा र अशोककुमार तिमल्सिनाको मुख्य भूमिका रहेको छ । भिडियोमा मिथिला आमा बनेकी छिन् भने अशोकले छोराको भूमिका निर्वाह गरेका छन् ।

भिडियोमा कोरोनाका कारण विदेशमा रहेको छोरा नेपाल फर्किन नपाएको र नेपालमा रहेकी आमा बिरामी पर्दा हेर्ने कोही नरहेको कथा समेटिएको छ । छोरा आउने प्रतीक्षामा रहेकी आमाको मृत्यु भएको खबर सुनेपछि पीडाले विदेशमा रहेका छोराको पनि मृत्यु भएको भिडियोमा देखाइएको छ ।

उक्त गीतमा केतन क्षेत्रीको स्वर सुन्‍न सकिन्छ । गीतको शब्द सुरज गैरे ’विवश’ र अशोककुमारले लेखेका हुन् । संगीत सुवास भुषालले दिएका छन् । भिडियोको लेखन तथा निर्देशन अशोकले नै गरेका हुन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट