‘बिहे पास’ नामक फिल्म निर्माण हुने, मुख्य भूमिकामा दयाहाङ राई र प्रकृति श्रेष्ठ-Sutra News

‘बिहे पास’ नामक फिल्म निर्माण हुने, मुख्य भूमिकामा दयाहाङ राई र प्रकृति श्रेष्ठ

आइतबार, १८ माघ २०७७

आइतबार, १८ माघ २०७७

काठमाडौं- सामाजिक विषयमा ‘बिहे पास’ नामक फिल्म निर्माण हुने भएको छ । प्रवेश पौडेलले निर्देशनमा बन्ने फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भएका छन् ।



प्रवेशले यसअघि ‘अमेरिका बोइज’ निर्देशन गरेका थिए । रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा छन् ।

आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन चैत पहिलो साताबाट सुरु हुने जानकारी निर्देशक पौडेलले दिएका छन् ।

आकाश बराल, सजन काफ्ले र मुरे केरको लेखन रहेको ‘बिहे पास’ का अन्य कलाकार तथा प्राविधिकको छनौट कार्य जारी रहेको छ ।

सामाजिक बिषयमा हास्यरस मिसाएर निर्माण गर्न लागिएको फिल्मको सुटिङ तराई भेगमा गरिने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट