दरबारमार्गमा सुविधा सम्पन्न क्लब ‘प्लाटिनम’ संचालनमा आउँदै-Sutra News

दरबारमार्गमा सुविधा सम्पन्न क्लब ‘प्लाटिनम’ संचालनमा आउँदै

बिहिबार, १५ माघ २०७७

बिहिबार, १५ माघ २०७७

काठमाडौं- नेपालमा क्लब कल्चर गज्जबले फस्टाएको छ । आफूलाई फ्रेस बनाउन तथा मनोरञ्जन लिनका लागि क्लबमा पुग्ने युवाको जमात ठूलो छ । यसैले पनि नेपालमा क्लब खोल्नेक्रम बढेको छ ।



दरबारमार्गमा सुविधा सम्पन्न क्लबहरूको संचालन गर्न लगानीकर्ताहरु उत्साहित देखिएका छन् । फेब्रअरी ५ देखि दरबारमार्गमा क्लब ‘प्लाटिनम’ संचालनमा आउँदैछ ।

क्लब संचालनको पहिलो दिन पप गायक सविन राईले प्रस्तुति दिने संचालक नितिश शाहीले जानकारी दिएका छन् । नेपाली युवामाझ लोकप्रिय रहेका सविनको प्रस्तुतिमा दर्शक झुम्ने आशा संचालकको छ ।

क्लब ‘प्लाटिनम’ कोरोना महामारी अगाडि पनि सामान्य ढंगले संचालनमा आएको थियो । तर, कोरोनाका कारण देशभरका सबै व्यवसाय ठप्प रहँदा क्लब व्यवसायलाई पनि ठूलो असर पर्यो । तर, यही समयमा प्लाटिनमका संचालकले यसलाई नयाँ ढंगले निर्माण गर्ने मौका भने पाए ।

नेपालमै पहिलोपटक लाइट चेन्जिङ फ्लोर र स्टेश क्लब प्लाटिनममा जोडिएको संचालकको दाबी छ । गीत अनुसार लाइट परिवर्तन हुन सक्ने नयाँ प्रविधि जडान गरिएको नितिशले बताए । यस्तै, क्लबमा एलइडी र लाइट पनि लोभलाग्दो बनाइएको दाबी गरिएको छ ।

नेपालमा क्लब कल्चर विकास हुँदै गएको अवस्थामा क्लब प्लाटिनमले पनि बजारमा राम्रै प्रतिस्पर्धा दिन सक्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट