फिल्म ‘गणपति’ को छायांकन सुरु-Sutra News

फिल्म ‘गणपति’ को छायांकन सुरु

शुक्रबार, ९ माघ २०७७

शुक्रबार, ९ माघ २०७७

काठमाडौं- अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानको मुख्य भूमिका रहने फिल्म ‘गणपति’ को छायांकन सुरु भएको छ । बिहीबार तनहुँ बन्दीपुर गाउँपालिका थारुबासबाट फिल्मको छायांकन सुरु भएको हो ।



फिल्मको छायांकनका लागि निर्माण टिम बुधबार राजधानीबाट त्यसतर्फ प्रस्थान गरेको थियो । गाउँले परिवेशमा खिचिने फिल्मको आधिकांश छायांकन तनहुँ बन्दीपुरमा नै हुनेछ ।

फिल्मलाई सविन अधिकारीले निर्देशन गरिरहेका छन् । उनकै कथा, पटकथा तथा संवाद रहेको फिल्ममा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्मातामा छन् ।

फिल्ममा मुकुन र मेनुकाका अलावा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, शुशील पोखरेल, श्रीदेव वि.एल लगायतको अभिनय रहनेछ । भगवान र मानिसबीचको फरक देखाइने फिल्ममा हरिबहादुर घलेको छायांकन, विक्रम स्वारको कोरियोग्राफी र मौसम बस्नेतको ड्रेस रहनेछ ।

फिल्ममा शंखर धिताल एशोसिएट डाइरेक्टर, सन्तोष पौडेल मुख्य सहायक निर्देशक, कुमोद शर्मा सहायक निर्देशक, सुवास मगर फोटोग्राफर, बेदनाथ धमला, किरण मगर प्रोडक्सन र उत्तम अर्याल मुख्य सहायक छायाँकारको रूपमा छन् ।

फिल्मको गीतमा अनिस अधिकारीले शब्द तथा संगीत भरेका छन् भने अनिस अधिकारी र देवेन्द्र बब्लुले आवाज दिएका छन् ।

त्यस्तै, गोविन्द शाहीले देशभर वितरण अधिकार दिएको फिल्मको ओभरसिज राइट्स स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टले लिएको छ । निर्देशक अधिकारीले ‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट