नाजिर हुसेन र सुमी मानन्धर अभिनित ‘माया लाउँ की’ गीत [भिडियो ]-Sutra News

नाजिर हुसेन र सुमी मानन्धर अभिनित ‘माया लाउँ की’ गीत [भिडियो ]

बिहिबार, ८ माघ २०७७

बिहिबार, ८ माघ २०७७

काठमाडौं- एस स्टडी वल्र्डको प्रस्तुतिमा बनेको नाजिर हुसेन र सुमी मानन्धर अभिनित ‘माया लाउँ की’ बोलको गीत सार्वजनिक भएको छ । नेपाल आइडल सिजन-२ बाट चर्चामा आएका विक्रम बराल र मेलिना राईको स्वर गीतमा रहेको छ ।



प्रदीप चापागाईको शब्द तथा कल्याण सिंहको संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।रक पप शैलीमा गीत गाएर चर्चामा आएका बरालले यस गीतमा फरकपन शैलीमा गाएका छन् । जुन कुरा दर्शक स्रोतालाई मन परेको प्रतिक्रिया दिएका छन् ।

दीपक प्रसाद आचार्य ‘काकु’ ले निर्देशन गरेको गीतको भिडियोमा नाजिर र सुमीको जोडीलाई रमाइलो ढंगको साथै सरप्राइज तरिकाले प्रस्तुत गरिएको छ ।

पवन सुस्लिङले खिचेको भिडियोलाई पवन स्वयम्ले सम्पादन तथा भिएफक्स गरेका हुन् । गीतको भिडियोमा तेन्जु योञ्जनको कोरियोग्राफी रहेको छ ।

गीतलाई रचनाकार प्रदीप चापागाईँको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट