रोयल्टीको व्यवस्थापन गरौं: राज्यमन्त्री मानन्धर-Sutra News

रोयल्टीको व्यवस्थापन गरौं: राज्यमन्त्री मानन्धर

बिहिबार, ८ माघ २०७७

बिहिबार, ८ माघ २०७७

काठमाडौं- शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले नयाँ पुस्ताका कलाकारको भविष्य सुनिश्चितताको लागि रोयल्टीको व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।



बिहीबार अग्रज गायिका तारादेवीको स्मृतिमा गर्न लागिएको कार्यक्रमबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री मानन्धरले रोयल्टीको व्यवस्थापन गर्न सके नयाँ पुस्ताका कलाकारहरूको भविष्य सुनिश्चित हुने बताएका हुन् ।

१५ औँ स्मृतिको अवसर पारेर शुक्रबार कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रममा तारादेवीले गाएकी एक दर्जनभन्दा बढी गीत अग्रज तथा अनुज गायक गायिकाबाट गीत संगीत प्रस्तुत गरिने फाउन्डेशनका कोषाध्यक्ष रमेश थापाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट