सेलिब्रेटी र फ्यानलाई कनेक्ट गर्ने उद्देश्यले नेपालमा पहिलोपटक ‘सेलेब्स ग्रिट्स’ स्थापना-Sutra News

सेलिब्रेटी र फ्यानलाई कनेक्ट गर्ने उद्देश्यले नेपालमा पहिलोपटक ‘सेलेब्स ग्रिट्स’ स्थापना

बुधबार, ७ माघ २०७७

बुधबार, ७ माघ २०७७

काठमाडौं- सेलिब्रेटी र फ्यानलाई कनेक्ट गर्ने उद्देश्यले ‘सेलेब्स ग्रिट्स’ स्थापना भएको छ । सेलिब्रेटीहरुलाई फ्यान तथा शुभचिन्तकहरुसँग नजिकबाट साक्षात गराउने लक्ष्यसहित नेपालमा पहिलोपटक वेभसाइट र एप्लिकेशन लञ्च गरियो । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच उक्त वेभसाइटको सुरुवात भएको हो ।



वेभसाइट र एप्लिकेशन दुबैमा एकसाथ आएको ‘सेलेब्स ग्रिट्स’ (www.celebgreets.com) ले सेलिब्रेटी र फ्यानबीचको दुरी नजिक बनाउनेछ ।

‘सेलेब्स ग्रिट्स’ को ब्राण्ड एम्बेस्टरमा अभिनेता अनुपविक्रम शाही अनुबन्ध भएका छन् । आयोजक टिम र अनुपबीच कार्यक्रममा नै सम्झौतापत्र आदानप्रदान गरियो भने अनुपले नै ‘सेलेब्स ग्रिट्स’ को औपचारिक सुभारम्भ गरेका थिए ।

हाल यो एप्लिकेशनमा ३० बढि सेलिब्रेटीहरु जोडिएको र आगामी दिनमा अन्य सेलिब्रेटीहरुलाई पनि कनेक्ट गराउँदै लैजाने ‘सेलेब्स ग्रिट्स’ का सिइओ इन्जिनियर समुल खड्काले बताए ।

‘सेलेब्स ग्रिट्स’ को टिममा खड्कासँगै इन्जिनियर प्रशान्त खड्का सहनिर्मातासमेत छन् भने वोर्ड अफ डिरेक्टरमा इन्जिनियर तपेन्द्र बहादुर खड्का छन् ।

यो एप्लिकेशनसँग आबद्ध सेलिब्रेटीहरुबाट न्युनतम शुल्कमा फ्यान तथा शुभचिन्तकहरुले आफूले चाहेको सन्देश प्राप्तिको लागी अनुरोध गर्न सक्नेछन् ।

त्यहाँ जम्मा हुने शुल्क सेलिब्रेटीहरुले सामाजिक कार्यको लागि खर्चिनेछन् । एप्लिकेशन तथा वेभसाइटबाट रोजेको सेलिब्रेटीलाई अनुरोध गरेपछि सम्बन्धित टिमले सेलिब्रेटीलाई नोटिस् पठाउनेछ, त्यसपछि सुभचिन्तकले आवश्यक सन्देश आफ्नै नाममा प्राप्त गर्ने ‘सेलेब्स ग्रिट्स’ डटकमले जनाएको छ ।

फ्यानहरुले आइडल सेलिब्रेटीसँग आफू र आफ्नो परिवार तथा नजिकका व्याक्तिहरुको जीवनको विशेष उत्सवमा शुभकामना माग्न सक्नेछन् । नेपालबाहिरका विभिन्न देशमा यो अभ्यास पहिलेदेखि रहेता पनि नेपालमा भने यो प्रकारको एप्लिकेशन पहिलो भनिएको छ ।

हालसम्म यो फिचर्डमा नेपाली फिल्मका अभिनेता, अभिनेत्री, गायक, संगीतकार, निर्देशक, खेलाडी कमेडियन, मोडल जोडिएका छन् । मनोरञ्जनमात्र नभइ देशको अग्रपंक्तिमा आउने हरेक विधासँग सम्बन्धित सेलिब्रेटीहरुलाई आफूहरूसँग कनेक्ट गराउँदै अघि बढ्ने इन्जिनियर खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट