एलिजाको जौडी बन्दै गौरव-Sutra News

एलिजाको जौडी बन्दै गौरव

बुधबार, ७ माघ २०७७

बुधबार, ७ माघ २०७७

काठमाडौं– सात वर्षपछि फिल्म निर्देशक दीपक श्रेष्ठ काममा फर्किने भएका छन् । एक समय सफल निर्देशकको छवि बनाएका उनले ‘घिन्ताङ’ फिल्मको तयारीेसँगै काममा फर्किने संकेत गरेका हुन् ।



यस फिल्ममा श्रेष्ठले मुख्य कलकारहरु छनोट गरिसकेका छन् । उनले अभिनेत्री एलिजा गौतमलाई मुख्य नायिकामा छनोट गरेका छन् । यस्तै, अभिनेता गौरव पहारीलाई उनको अपोजेटिभमा राखेका छन् । दुवैसँग उनले सम्झौता गरिसकेका छन् ।

अभिनेत्री गौतमले फिल्म ‘अनुराग’बाट चलचित्र क्षेत्रमा आगमन गरेकी थिइन् । ‘घिन्ताङ’ उसको दोस्रो फिल्म हो । फिल्म सामाजिक कथा वस्तुमा आधारित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट