गायक निर्मल दाहालको ‘अचेल माया’ [भिडियो]-Sutra News

गायक निर्मल दाहालको ‘अचेल माया’ [भिडियो]

बुधबार, ७ माघ २०७७

बुधबार, ७ माघ २०७७

काठमाडाैं- गायक निर्मल दाहालको नँया  गीत  ‘अचेल मायाको’ भिडियो सार्वजनिक भएको छ । रंगकर्मी  सन्दिप डंगोलको शब्द तथा संगीतमा रहेको उक्त गीतमा चर्चित गायक नबिन के भट्टराईको संगीत संयोजन रहेको छ ।



गीतको भिडियोमा गायक निर्मलसँगै मनोज सापकोटा र आस्था बस्नेतको अभिनय रहेको छ । राजिब थापा र मिलन तामांगले खिचेको उक्त भिडियोलाई रितेश जंग छेत्री र बिशाल लामाले सम्पादन गरेका हुन् ।

गीतको भिडियोको निर्देशन मन्दिप बखुंचेले गरेका हुन् । गीतको भिडियो गायक निर्मल दाहालकै अफिसियल युटुब मार्फत हेर्न सकिन्छ भने संसार भरका स्ट्रिमिंग प्लेटफार्मबाट सुन्न सकिने जानकारी गायकले दिएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट